कुण्डली मिलान के हो ?सनातन संस्कृति, वैदिक परम्परा षोडश संस्कारमा निहित छ जातकको षोडश संस्कार अन्तर्गत विवाहको महत्वपूर्ण स्थान छ । माता-पितालाई आफ्ना सन्तति तरुणावास्थाको भएपछि वैवाहिक जीवनको चिन्ताले सताउने गर्दछ । मेलापकको समय ध्यानदिनु पर्ने कुरा विवाहको उद्देश्य गृहस्थ आश्रममा पदार्पण हुनुका साथै वंश वृद्धि र उत्तम दाम्पत्य सुख प्राप्त गर्नु हो । आफ्नो छोरा या छोरीको लागि योग्य एवं सर्वगुण सम्पन्न जोडी बनुन् भन्ने चाहना हुन्छ र सर्वगुण सम्पन्न जोडी कसरी हुन्छन् त ? यसबारे संक्षिप्त चर्चा गरौं: भावी दाम्पत्यको कुण्डली मिलान जसलाई ज्योतिषीय भाषामा ‘वरवधु मेलापक’ भनिन्छ । बैदिक परम्परामा कुण्डली मिलान अति आवश्यक मानिन्छ । ज्योतिष शास्त्रले मेलापकमा भिन्न भिन्न आधारमा गुणको जम्मा संख्या ३६ निर्धारित गरेको छ, जसमा १८ या त्यस भन्दा बढी गुणको मिलान भए विवाह र दाम्पत्य सुखको लागि उत्तम मानिन्छ । :-१ वर्ण, २ वश्य, ३ तारा, ४ योनि, ५ ग्रहमैत्री, ६ गण, ७ भकूट, ८ नाडी यथा क्रमले संख्या अनुसार गुण निर्धारण गरिन्छ र त्यसै गुणका आधारमा भावी दाम्पत्यको भविष्य निर्धारण गरिने भएकाले कुण्डली मिलान अति आवस्यक छ । कुण्डलीमा गुण मिलनका साथै मंगल दोष सहित सप्तम भाव एवं सप्तमेश दाम्पत्य सुख प्राप्तिको लागि विशेष महत्व छ । यसका साथै द्वितीय भाव एवं द्वितीयेश, पंचम भाव एवं पंचमेश, एकादश भाव एवं एकदशेश, द्वादश भाव एवं द्वादशेश आदिको विचार गर्न आवस्यक हुन्छ । यस विषयमा योग्य एवं जानकार ज्योतिषी पण्डितको सल्लाह लिनु आवस्यक छ र यी सबै राम्रो भए मात्र दाम्पत्यजीवन प्रेम र सामन्जस्यले परिपूर्ण परिवार भई यो संसारमा रहेरपनि स्वर्गको अनुभूति गर्दछन् । कुण्डली एवं चिना वस्तवमा व्यक्तिगत विवरण पत्र नै हो । त्यसमा जातकको चिनारी प्रस्तुत गरिएको हुन्छ । व्यक्ति जन्मदा कुन भुगोल, कुन खगोलीय अवस्थिति थियो ? भूगोल अन्तर्गत पनि कति अक्षांश र देशान्तरमा उसको जन्म भएको, कुन गोत्र, प्रवर, थर,शाखा,तीनपुस्ते विवरण सहित तिथिमितिको परिपक्व दस्तावेज वास्तु नै चिना हो भने ‘वरवधु मेलापक’ अर्थात् कुण्डली मिलान दाम्पत्यजीवनमा प्रेम र सामन्जस्यले परिपूर्ण परिवार, सुख र स्वर्गको अनुभूति, वंश वृद्धि र उत्तम दाम्पत्य सुख प्राप्त गर्न निकै आवस्यक छ ।