4000+ Client are Satisfied, Now Your Turn

ज्योतिषीय परामर्श

ज्योतिषीय परामर्श मानव जीवनलाई सुव्यवस्थित,सम्बृद्ध, सुखद् र सन्तोषप्रद बनाउन ज्योतिषीय परामर्श आवश्यकता र अपरिहार्यता रहेको छ । मानिस आफ्नो भाग्यको जानकारी लिन चाहन्छ र दुर्भाग्य दुर्धटना नराम्रा ग्रहदशाबाट बच्ने उपाय खोज्दै भविष्यलाई समुन्नत, सफल बनाउन चाहन्छ । यी सन्दर्भमा ज्योतिषिय परामर्शको भूमिका महत्वपूर्ण हुन्छ । यसर्थ ज्योतिष शास्त्रको मूल्य,महत्व दिनानुदिन बढेको छ । तर वेदको छैठौं अंग आँखा मानिने पवित्र ज्योतिष विद्यालाई कैयौं अल्पज्ञानी र अज्ञानी ब्यक्तिहरुले भ्रम र मिथ्या ब्यवहारबाट कलंकित र अविश्वसनीय बनाउने काम गरिरहेका छन् । वास्तवमा शास्त्रानुकुल ज्ञानको आधारमा वैज्ञानिक ढंगबाट उचित सेवा प्रदान गर्नु यस संस्थाको मुख्य उद्देश्य हो ।

ज्योतिषको महत्व

अप्रत्यक्षाणि शास्त्राणि विवादस्तेषु केवलम् ।

प्रत्यक्षं ज्योतिषं शास्त्रम् नन्दार्को यत्र सक्षिणौ ।।

अप्रत्यक्ष अर्थात् प्रमाण नभएका शास्त्रमा केवल विवाद मात्र हुन्छ भने ज्योतिष प्रत्यक्ष तथा प्रमाणयुक्त शास्त्र हो । जसका चन्द्र सूर्य साक्षी छन् ।