रुद्राक्षमा देखिने ठाडा धर्सा जुन माथिल्लो स्थान देखि तल्लो भाग सम्म पूर्ण अविच्छिन्न रुपमा देखिन्छ,त्यहि धर्सा लाई मुख भनिन्छ, मुख अनुसार रुद्राक्ष धारणको भिन्न भिन्न महत्व र काम हुनेगर्दछ । पौराणिक र प्रचलित मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ । रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता वृध्दि हुने गरेको धार्मिक आस्था रहदै आएको छ । रुद्राक्ष जति सानो भयो उतिनै प्रभावकारी हुन्छ भन्ने गरिन्छ । रुद्राक्षले सफलता, (धन,सम्पत्ति),( मान,सम्मान) प्राप्तीका लागि ठुलो भुमिका खेलेको हुन्छ । हरेक मानिसको चाहना अनुसार रुद्राक्षको अलग अलग धारण गर्ने गरिन्छ ।
१.एक मुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको हुन्छ, यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुन्छ।
२. दुईमुखी रुद्राक्षको अर्धनारीश्वर (शिव र पार्वतीको) स्वरूप मानिन्छ,यसको धारण गरेमा मान(सम्मान एंव मोक्षको प्राप्ति हुन्छ,अधिकाश रोगहरुको निवारण हुन्छ।
३. तीनमुखी रुद्राक्ष ब्रह्मा(विष्णु(महेशको स्वरूप मानिन्छ,विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ।
४. चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप हो,धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति गर्ने इच्छा राख्नेहरूले यसको धारण गर्नु लाभदायक हुन्छ।
५. पाँचमुखी रुद्राक्ष साक्षात शिवको रुप हो,राम्रो स्वास्थ्य, दुख(कष्ट निवारण गर्न ५ मुखे रुद्राक्ष धारण गरिन्छ।
६. छ मुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ। यसको धारण गरेमा समस्त पापहरु नाश गर्नको लागि श्रेयस्कर मानिएको छ। काम, क्रोध, लोभ, मोह आदि नियंत्रणको लागि यो उत्तम रहेको मानिएको छ।
७. सातमुखी रुद्राक्ष सप्तर्षिको प्रतिक मानिन्छ यसले ऐश्वर्य बढाउँन मद्दत गर्दछ र मृत्युको कष्टबाट पनि छुटकारा दिलाउछ।
८. आठमुखी रुद्राक्षको भगवान गणेश र बटुक भैरव स्वरूप मानिन्छ।लामो आयुको कामनाको लागी यसको धारण गर्नु उत्तम हुन्छ ।
९. नौ मुखी रुद्राक्ष भगवती दुर्गा स्वरूप हो। धर्मराज (यम)को समेत रूप मानिएको छ, यसको धारणले व्यक्तिको वीरता, साहस, सहनशीलता एंव पराक्रममा वृद्धि हुन्छ।
१०. दशमुखी रुद्राक्ष भगवान विष्णुको स्वरूप भनिएको छ।सन्तान नभएकाहरुले सन्तान प्राप्तिको कामना राख्दै यसको धारण गर्नु उपयुक्त हुन्छ ।
११. एघारमुखी रुद्राक्ष साक्षात रुद्र स्वरूप हो,यस रुद्राक्षको धारण गर्ने व्यक्तिले सफलता एंव विजयको साथपाउछ।
१२. बाह्रमुखी रुद्राक्ष सबै समस्याको समधान गर्ने रुपमा चिनिन्छ यसले रोग नाश र लाभप्रदान गर्दछ।
१३. तेह्रमुखि रुद्राक्ष इन्द्रको स्वरूप भएको मानिन्छ,यसले धन(सम्पत्ति, सौभाग्य एंव कामना पूर्ति गर्ने बिस्वास गरिन्छ ।
१४. चौधमुखी रुद्राक्ष हनुमानको स्वरूप भएको मानिन्छयसको धारंणले सबै पापको नाश एंव दुखबाट मुक्ति दिने र आरोग्यता प्रदान गर्दछ ।
१५. पन्ध्रमुखी रुद्राक्षलाई पशुपतिनाथको प्रतीक मानिन्छ । धन–सम्पत्तिको दृष्टिले उन्नति गर्नको लागि यो रुद्राक्ष उपयोगी छ । यस रुद्राक्षलाई धारण गर्नाले चर्मरोग हुँदैन ।
१६. सोह्रमुखी रुद्राक्षलाई काल विजयको प्रतिक मानिन्छ । यसलाई धारण गर्नाले ऋतुहरुको प्रकोप हुँदैन । जुन घरमा यो रुद्राक्ष हुन्छ त्यो घरमा आगो लाग्ने, चोरी ठकैतीको भय हुदैन ।
१७. सत्रमुखी रुद्राक्षलाई प्रयोग गर्नाले आकस्मिक धन प्राप्तिको अनुकूलता बढ्छ । जुन व्यक्तिको घाँटीमा यो रुद्राक्ष हुन्छ उसको आकस्मिक धन प्राप्त हुन्छ । वाहन,घर,सुख आदिको लागि यो रुद्राक्ष उपयोगी छ ।
१८. अठ्ठारमुखी रुद्राक्षलाई पृथ्वीको प्रतीक मान्छि । यसलाई धारण गर्नाले व्यक्ति खुशि रहन्छ । गर्भ रक्षाको लागि यो रुद्राक्ष उपयोगी रहेको छ ।
१९. उन्नाइसमुखी रुद्रालाई नारायणको प्रतीक मानिएको छ । यसलाई धारण गर्नाले सबै प्रकारको सुख प्राप्त हुन्छ । व्यापार वृद्धि, आर्थिक उन्नतिको लागि यो रुद्राक्ष धारण गरिन्छ ।
२०. बीसमुखी रुद्राक्षलाई ब्रह्माको प्रतीक मानिन्छ । यो रुद्राक्ष सजिलै प्राप्त हुन्छ । यसलाई धारण गर्नाले ज्ञानको उन्नति हुन्छ । मन एकाग्र रहन्छ । नेत्रज्योति बढाउनको लागि पनि यो रुद्राक्ष धारण गरिन्छ ।
२१. एक्काइसमुखी रुद्राक्षलाई कुबेरको प्रतीक मान्छि । समस्त प्रकारको सुखहरु, ऐश्वर्य एवं भोग–विलासको लागि यसको प्रयोग गरिन्छ । सबै प्रकारको दैहिक रोगहरुको निवृत्तिको लागि पनि यसको उपयोग गरिन्छ । आजभोली यो रुद्राक्ष दुर्लभ छ ।
२२।रुद्राक्षलाई सहि ढंगले उपयुक्त साइत जुराएर बिधि पूर्बक धारण गरियो भने अबस्य पनि शुभ फल प्रदान गर्दछ यसमा कुनै शंका लिन पर्दैन।