Journey With Kanchho Jyotish
यात्रा • अध्यात्म • सेवा
विगतलाई फर्केर हेर्दा, लामो समयदेखि हामी तन्त्र, ज्योतिष, वास्तु तथा आध्यात्मिक परामर्श सेवामार्फत हजारौँ श्रद्धालु, भक्तजन तथा सेवाग्राहीहरूसँग जोडिँदै आएका छौँ। धेरैले आफ्नो दुःख, तनाव, पारिवारिक समस्या, प्रेम सम्बन्धका जटिलता, मानसिक अस्थिरता तथा जीवनका अन्य अनेकौँ संघर्षहरू हामीसँग साझा गर्नुभएको छ।
कसैको परिवार टुट्ने अवस्थाबाट पुनः मिलन भएको छ, कसैले आफ्नो हराउँदै गएको आत्मविश्वास फिर्ता पाउनुभएको छ, त कसैले जीवनप्रतिको सकारात्मक सोच पुनः जागृत गर्नुभएको छ। यही विश्वास, आत्मीयता र सेवाको भावनाले आज हामीलाई देशव्यापी यात्रातर्फ अघि बढाएको छ।
अब हामी “Journey With Kanchho Jyotish” अभियानअन्तर्गत नेपालको ७७ वटै जिल्लामा प्रत्यक्ष रूपमा पुग्ने यात्रामा निस्केका छौँ।
यो यात्रा केवल भेटघाटको कार्यक्रम मात्र होइन
यो अध्यात्म, सेवा, आत्मीय संवाद र सकारात्मक परिवर्तनको यात्रा हो।

अब तपाईं आफ्नै जिल्लाबाट सेवा लिन सक्नुहुनेछ
धेरै समयदेखि देश तथा विदेशबाट हजारौँ भक्तजनहरूले:
- “गुरु, हाम्रो जिल्लामा पनि आइदिनुपर्यो…”
- “तपाईंसँग प्रत्यक्ष भेटेर आफ्ना समस्या साझा गर्न मन छ…”
- “काउन्सिलिङ लिन चाहन्छु…”
- “मानसिक तनाव, एन्जाइटी र डिप्रेसनबाट गुज्रिरहेको छु…”
- “आध्यात्मिक मार्गदर्शन आवश्यक छ…”
भन्ने भावनात्मक सन्देशहरू पठाइरहनुभएको थियो।
यही आत्मीय अनुरोधलाई सम्मान गर्दै अब हामी प्रत्यक्ष रूपमा तपाईंहरूको जिल्लामा आउनेछौँ।
तपाईंहरूले हाम्रो वेबसाइटमार्फत Online Appointment तथा Physical Appointment दुबै प्रकारले बुकिङ गर्न सक्नुहुनेछ।
बुकिङ खुलेपछि सम्बन्धित जिल्लाको मिति, स्थान र सम्पूर्ण विवरण वेबसाइटमा अपडेट गरिनेछ।
हाम्रो सेवा किन विशेष ?
- गोपनीयता– तपाईंले साझा गर्नुभएको प्रत्येक कुरा पूर्ण रूपमा गोप्य रहनेछ।
- विश्वास– हजारौँ सेवाग्राहीको विश्वास नै आज हाम्रो सबैभन्दा ठूलो शक्ति बनेको छ।
- सकारात्मक सोच – आध्यात्मिक चेतना र प्राचीन तान्त्रिक विधिमार्फत जीवनमा सकारात्मक ऊर्जा प्रवाह गराउने हाम्रो उद्देश्य हो।
अध्यात्मसँगै जीवन मार्गदर्शन
तन्त्र, ज्योतिष, वास्तु तथा काउन्सिलिङमार्फत मानसिक, पारिवारिक तथा व्यक्तिगत समस्यामा मार्गदर्शन प्रदान गरिनेछ।
अब तपाईंको जिल्लामा…
- प्रत्यक्ष भेटघाट तथा परामर्श
- ज्योतिष तथा तान्त्रिक काउन्सिलिङ
- वास्तु सम्बन्धी सुझाव
- मानसिक तथा आध्यात्मिक मार्गदर्शन
- प्रेम, वैवाहिक तथा पारिवारिक समस्याको परामर्श
- Meditation तथा Positive Counseling Session
- धार्मिक तथा पर्यटकीय स्थलहरूको संयुक्त भ्रमण
जस्ता गतिविधिहरू सञ्चालन गरिनेछन्।
अध्यात्मसँग जोडिने यात्रा
हामी केवल सेवा दिन होइन,
तपाईंहरूसँग आत्मीय सम्बन्ध जोड्न आउँदैछौँ।
तपाईंको जिल्लामा रहेका धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक स्थलहरूको भ्रमण पनि यस यात्राको महत्वपूर्ण भाग हुनेछ।
तपाईंहरू पनि हामीसँग प्रत्यक्ष रूपमा जोडिन सक्नुहुनेछ।
हाम्रो विश्वास
हराएको खुशी पुनः फर्काउने प्रयास,
आत्मविश्वास जगाउने प्रयास,
र सकारात्मक जीवनतर्फ अघि बढाउने प्रयास
यही हाम्रो अभियान हो।
प्राचीन तान्त्रिक तथा वैदिक ज्ञानमार्फत जीवनलाई सहज, सकारात्मक र उज्यालो बनाउने यात्रामा अब हामी तपाईंहरूसँगै हुनेछौँ।
Appointment खुल्नेछ…
🌐 Website मार्फत सम्पूर्ण विवरण अपडेट गरिनेछ।
📍 तपाईंको जिल्लाको मिति तथा स्थान सार्वजनिक गरिनेछ।
📞 Online तथा Physical Appointment दुबै उपलब्ध हुनेछ।
“Journey With Kanchho Jyotish”
हाम्रो यात्रा जारी छ…
यात्रा • अध्यात्म • सेवा