भारतको मध्य प्रदेश, उज्जैनमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा नेपालका कान्छो ज्योतिष चुरामणि पाण्डे “तन्त्र शिरोमणि सम्मान” बाट सम्मानित हुनुभएको थियो। दक्षिण एसियाली ज्योतिष महासंघ र विक्रम विश्वविद्यालय, उज्जैनको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा पाण्डेले नेपाललाई प्रतिनिधित्व गर्दै आफ्नो विशिष्ट योगदान प्रस्तुत गर्नुभएको थियो।
सम्मेलनको उद्घाटन भारतका मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव, विक्रम विश्वविद्यालयका कुलपति अर्पण भारतद्वज र दक्षिण एसियाली ज्योतिष महासंघका नेपाल अध्यक्ष आचार्य लक्ष्मण पन्थी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भएको थियो।
परिचय
रेसुङ्गा नगरपालिका–१०, सिमिचौरमा जन्मिनुभएका चुरामणि पाण्डेले बाल्यकालदेखि नै ज्योतिष र तन्त्रका क्षेत्रमा आफ्नो योगदान दिन सुरु गर्नुभएको हो। १४ वर्षको उमेरमै कुलदेवता, बुबा–हजुरबुबाको आशीर्वाद र कुलगुरुको मार्गदर्शनमा ज्योतिष तथा तान्त्रिक परामर्शको यात्रा सुरु गर्नुभएका पाण्डेले आफ्नो ज्ञान गुरुहरूको सामीप्यमा थप निखार्नुभएको छ।
हाल वहाँले नेपाल र विश्वभर तान्त्रिक परामर्श तथा ज्योतिष सेवा प्रदान गर्दै आउनुभएको छ। अन्लाईनमार्फत विश्वव्यापी सेवा प्रदान गर्दै आउनुभएका पाण्डेले “सेवा नै धर्म हो” भन्ने मर्मलाई आत्मसात गरी प्राचीन विधिहरूलाई आधुनिक स्वरूपमा प्रस्तुत गर्दै आउनुभएको छ।
सम्मानको प्रेरणा र योगदान
“यो सम्मानले मलाई अझ बढी प्रेरित गरेको छ। तन्त्र, ज्योतिष र वास्तु सेवामा निरन्तर योगदान दिन थप उर्जा प्राप्त भएको छ,” पाण्डेले भन्नुभएको छ। दर्जनौँ सामाजिक तथा धार्मिक संघ–संस्थामा आबद्ध रहनुभएका वहाँले आफ्नो सेवा यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।
अघिल्लो सम्मान र उपाधिहरू
यसअघि पनि वहाँले भारतको कोलकातामा सम्पन्न अन्तर्राष्ट्रिय एस्ट्रोलोजी, तन्त्र तथा वास्तु सम्मेलनमा “अन्तर्राष्ट्रिय ज्योतिष उत्कृष्टता पुरस्कार” लगायत दर्जनौँ पदकबाट सम्मानित हुनुभएको छ।
वहाँको धार्मिक, सामाजिक, र ज्योतिषीय क्षेत्रमा रहेको समर्पणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएको छ।