कान्छो ज्योतिषको अन्तर्राष्ट्रिय सम्मान — भारतमा गरिमामय सहभागिता

कान्छो ज्योतिषको अन्तर्राष्ट्रिय सम्मान — भारतमा गरिमामय सहभागिता

तेस्रो अन्तर्राष्ट्रिय पूर्वीय अध्ययन सम्मेलन–२०२५ मा नेपालका तर्फबाट सहभागिता

कोलकाता, भारत —
कान्छो ज्योतिष”  चुरामडी पाण्डेले भारतको कोलकातामा आयोजित 3rd International Seminar & Felicitation Ceremony 2025 मा अन्तर्राष्ट्रिय अतिथिको रूपमा सहभागिता जनाउनुभयो।

उहाँले दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति लक्ष्मण पन्थी ज्युको साथमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नुभएको हो।
कार्यक्रम Institute of Oriental Studies and Research (IOSR) द्वारा आयोजना गरिएको हो, जसमा भारत, नेपालसहित विभिन्न देशका अध्यात्मिक विद्वान, संस्कृतविज्ञ र अनुसन्धानकर्ताहरूको सहभागिता थियो।

चुरामडी पाण्डेलाई आयोजक संस्थाले अन्तर्राष्ट्रिय सम्मान प्रदान गर्दै भारतको राष्ट्रिय झण्डा अङ्कित सम्मानपट्टिका ओढाएर स्वागत गरेको दृश्य विशेष महत्वको रह्यो।

नेपालबाट कान्छो ज्योतिषको रूपमा अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता हुनु गौरवको विषय भएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रम विवरण:
कार्यक्रम: 3rd International Seminar & Felicitation Ceremony 2025
आयोजक: Institute of Oriental Studies and Research (IOSR), Kolkata
मिति: 2nd & 3rd August, 2025
स्थान: कोलकाता, भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top