कान्छो ज्योतिष भारत प्रस्थान

कान्छो ज्योतिष भारत प्रस्थान

, साउन १७ – नेपालका कान्छा ज्योतिष तथा दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समिति सदस्य चुरामण्डी पाण्डे भारतको कोलकाता प्रस्थान गर्नुभएको छ।

उहाँले दक्षिण एसियाली ज्योतिष महासंघको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै Institute of Oriental Studies and Research (IOSR) द्वारा आयोजित ३rd International Seminar & Felicitation Ceremony 2025 मा सहभागी हुने कार्यक्रम रहेको छ।


उक्त अन्तर्राष्ट्रिय सेमिनार आगस्ट २ र ३ तारिख (शनिवार र आइतबार) मा भारतको कोलकातामा आयोजना हुँदैछ।

यस कार्यक्रममा विभिन्न देशका ज्योतिषविद्, संस्कृतविद्, अनुसन्धानकर्ता र अध्यात्मिक व्यक्तित्वहरू सहभागी हुनेछन्।
कार्यक्रमले ज्योतिष शास्त्रको अन्तर्राष्ट्रिय समन्वय, अध्ययन, र सम्मानमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

चुरामण्डी पाण्डेसँगै महासंघकै अन्तर्राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण पन्थी पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुनेछ।

कार्यक्रम शीर्षक:
3rd International Seminar & Felicitation Ceremony 2025
आयोजक: Institute of Oriental Studies & Research (IOSR), Kolkata
मिति: 2nd & 3rd August, 2025
स्थान: Kolkata, India

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top