५/९/२०७७, गुल्मी /-सामाजिक तथा धार्मिक अभियान्ता, ज्यो.प्रभु चुरामणि पाण्डे”ईश्वर” २०७७/९/३ गते देखि गुल्मी जिल्लामा हुनुहुन्छ। विशेष गरी आफ्नो गृह जिल्लामा रहेका मन्दिरमा बिशेष पुजा पाठ पश्चात उहाँ गुल्मी जिल्लाका पुर्व प्रशासकीय अधिकृत र अहिले गुल्मी दरबार गाउँपालिका प्रमुख संग साझ बिशेष भेटघाट गर्नु भएको थियो। उहाँ गुल्मी जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको अवलोकनमा हुनुहुन्छ। बिशेष गरी मिति २०७७/९/५गते गुल्मी जिल्लाको एउटा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल धुर्कोटमा रहेको बिचित्र गुफाको अवलोकन गर्नु भएको थियो। त्यस पश्चात गुल्मी राङ्डोल चौरमा निर्माणाधीन रङ्गशालाको अवलोकन गर्नु भएको थियो। त्यस पश्चात उहाँले छल्दि खोलामा रहेको पुलको पनि अवलोकन गर्नु भयो। त्यसपश्चात गुल्मी जिल्लाको सदरमुकाममा आईसके पछि बिभिन्न पार्टी प्रतिनिधिहरु तथा विभिन्न संचारकर्मीहरु संग पनि बिशेष भेटघाट गर्नु भयो त्यसपश्चात उहाँ अर्घाखाँची जादै हुनुहुन्छ। अन्ततः पूरा विवरण हाम्रो official YouTube channel (kancho jyotish official) मा हेर्न सक्नुहुनेछ।