पौराणिक र संस्कृत ग्रन्थहरूका अनुसार भारतवर्षमा यस्ता कयाैँ मानिसहरू छन्, जो हजाराैँ वर्षदेखि जीवित छन्। हिमालयमा आज पनि यस्ता कतिपय ऋषिमुनिहरू छन् जसकाे आयु लगभग ६०० वर्षभन्दा बढी बताइन्छ ।
श्लोक : अश्वत्थामा बलिव्र्यासो हनूमांश्च विभीषण:।
कृप: परशुरामश्च सप्तएतै चिरजीविन:।।
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित।।
अर्थात यी ८ जना मानिसहरू (अश्वथामा, दैत्यराज बलि, वेदव्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषि)काे स्मरण बिहान-बिहान गर्नाले सारा राेगहरू समाप्त हुन्छन् र मनुष्यले १०० वर्षकाे आयु प्राप्त गर्दछन्। अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र भगवान परशुराम- यी सबै चिरञ्जीवी हुन्।
पुराणहरूका अनुसार अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषिका अलावा अन्य कयाैँ यस्ता मानिसहरू छन् जसका बारेमा के भनिन्छ भने उनीहरू आज पनि जीवित छन्। के संभव छ भने कुनै व्यक्ति हजाराैँ वर्षसम्म जीवित रहन सक्छ । आयुर्वेदानुसार मनुष्यकाे आयु लगभग १२० वर्ष हुन्छ तर उनीहरू अाफ्नाे योगबलले लगभग १५० वर्षभन्दा पनि बढी बाँच्न सक्छन्। भनिन्छ प्राचीन मानवकाे सामान्य अायु ३०० देखि ४०० वर्ष हुन्थ्याे, किनभने त्यतिबेला धरतीकाे वातावरण व्यक्तिलार्इ उक्त कालसम्म जिउँदाे बनार्इ राख्न अनुकूल थियाे।