नवरात्रि हिन्दू धर्मको एक महान पर्व हो। यसलाई शक्ति साधनाको महापर्व पनि भनिन्छ। नवरात्रिका ९ दिनमा दुर्गाका ९ रूपहरूको पूजा–आराधना गरिन्छ। यसमा प्रत्येक दिन विशेष देवीको आराधना गर्ने चलन छ।
प्रतिपदा – घटस्थापना / शैलपुत्री पूजा
नवरात्रिको पहिलो दिन घटस्थापना गरी देवी दुर्गाको आवाहन गरिन्छ। पूजाकोठामा कलश राखी वरिपरि जौ छरेर जमरा रोपिन्छ।
यस दिन देवी शैलपुत्रीको पूजा गरिन्छ।
शैलपुत्री हिमालयकी पुत्री हुन्।
शिव पुराणअनुसार सतीदेवीले योगबलद्वारा शरीर त्याग गरेपछि पुनः पार्वतीका रूपमा हिमालयको कोखबाट जन्म लिनुभयो।
उहाँ वृष (गौरु)मा सवार हुनुहुन्छ, सेतो वस्त्र धारण गर्नुहुन्छ।
महत्त्व
शैलपुत्रीलाई निश्चल प्रेम, शुद्धता र संयमको देवी मानिन्छ।
उहाँको पूजा गर्दा प्रेम जीवन, वैवाहिक जीवन र पारिवारिक सम्बन्धमा स्थिरता आउँछ भन्ने विश्वास छ।
जमरा हरियाली झैँ भक्तजनको जीवन पनि समृद्ध र सफल होस् भन्ने कामना गरिन्छ।
Book Your Appointment – घटस्थापना पूजा
📅 आजको विशेष घटस्थापना र शैलपुत्री पूजाका लागि साँझ ४ बजेसम्म Appointment खुला छ।
शैलपुत्री पूजा
updated 2082/06/07 2:00AM
