दक्षिण एसियाली ज्योतिष महासंघ र विक्रम विश्वविद्यालय, उज्जैन, भारतको संयुक्त आयोजनामा हुन लागेको चौथो अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा भाग लिन कान्छो ज्योतिष चुरामणि पान्डे भारत प्रस्थान गरेका छन्।
दक्षिण एसियाली ज्योतिष महासंघका सभापति आचार्य लक्ष्मण पन्थी, महासंघका अन्य पदाधिकारीहरू तथा अन्तर्राष्ट्रिय समितिका सदस्यहरू सहित उनी सम्मेलनमा सहभागी भएका हुन्। कान्छो ज्योतिष विशेष अतिथिका रूपमा औपचारिक कार्यक्रममा उपस्थित हुने जानकारी प्राप्त भएको छ।
उक्त सम्मेलनमा ज्योतिष शास्त्र, वास्तु, र तन्त्रका विविध पक्षहरूमा विचार-विमर्श हुने बताइएको छ। सम्मेलनपछि कान्छो ज्योतिषले महाकालेश्वर लगायतका धार्मिक स्थलहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ।
भारत बसाइ पाँच दिनको रहने जनाइएको छ। यस अवधिमा उनी नियमित रूपमा प्रदान गरिने अनलाइन ज्योतिष सेवाहरू भने निरन्तर सञ्चालनमा रहने जानकारी दिइएको छ।
सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका प्रतिष्ठित ज्योतिष, तन्त्रविद्, र वास्तुशास्त्रका विज्ञहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।