उज्जैनमा सम्पन्न अन्तर्राष्ट्रिय तन्त्र–ज्योतिष–वास्तु सम्मेलनमा सहभागी भई “वराहमिहीर सम्मान–२०२५” प्राप्त गरेको अविस्मरणीय क्षण

उज्जैनमा सम्पन्न अन्तर्राष्ट्रिय तन्त्र–ज्योतिष–वास्तु सम्मेलनमा सहभागी भई “वराहमिहीर सम्मान–२०२५” प्राप्त गरेको अविस्मरणीय क्षण

नेपालको तर्फबाट सम्पूर्ण तान्त्रिक तथा ज्योतिषी समुदायको प्रतिनिधित्व गर्दै भारतको पवित्र भूमी उज्जैनमा आयोजित अन्तर्राष्ट्रिय तन्त्र, ज्योतिष तथा वास्तु सम्मेलनमा सहभागी हुन पाउनु मेरो जीवनको अत्यन्तै गौरवपूर्ण र भावनात्मक क्षण रह्यो।

सम्राट् विक्रमादित्य विश्वविद्यालय, कालिदास संस्कृत अकादमी, पूर्णश्री फाउन्डेशन, सम्राट् विक्रमादित्य विद्वत् परिषद्, उज्जैन तथा साउथ एशियन एस्ट्रो फेडरेशन नेपालकाे तत्वाधानमा संयुक्त रूपमा आयोजना गरिएको यस अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियासहित विभिन्न देशका विद्वान् तन्त्र साधक, ज्योतिषाचार्य तथा वास्तु विशेषज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस ऐतिहासिक सम्मेलनमा अन्तर्राष्ट्रिय अतिथिका रूपमा सहभागी भई “वराहमिहीर सम्मान–२०२५” बाट सम्मानित हुन पाउनु मेरो व्यक्तिगत उपलब्धिमात्र नभई सम्पूर्ण नेपाली तन्त्र–ज्योतिष क्षेत्रका लागि गर्वको विषय हो भन्ने महसुस गरेको छु। प्राचीन भारतीय खगोलशास्त्री तथा महान् ऋषि वराहमिहीरको नामबाट प्रदान गरिने यो सम्मानले मलाई अझ बढी उत्तरदायी, अनुशासित र सेवामुखी बन्न प्रेरित गरेको छ।

बाल्यकालदेखि नै कुलदेवताको आशीर्वाद, गुरुजनको मार्गदर्शन र कठोर साधनाका माध्यमबाट तन्त्र–ज्योतिष क्षेत्रमा लाग्दै आएको मेरो यात्रामा यो सम्मान एक महत्वपूर्ण मोड बनेको छ। नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली तन्त्र–ज्योतिषको पहिचान स्थापित हुँदै गएको देख्दा आत्मिक सन्तुष्टि मिलेको छ।

यो सम्मानलाई म व्यक्तिगत उपलब्धिभन्दा पनि गुरु, कुलदेवता, परिवार, शुभेच्छुकहरू तथा मप्रति विश्वास राख्नुहुने सम्पूर्ण सेवाग्राहीहरूको आशिर्वादको परिणामका रूपमा लिएको छु। आगामी दिनमा शास्त्रसम्मत, प्राचीन विधिमा आधारित तन्त्र–ज्योतिष सेवामार्फत समाज र मानव कल्याणका लागि अझ निष्ठाका साथ समर्पित रहने प्रतिबद्धता पनि यसै अवसरमा व्यक्त गर्दछु।

अन्त्यमा, यो सम्मान प्राप्त गर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण आयोजक संस्था, विद्वत् परिषद् तथा सम्माननीय व्यक्तित्वहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। 🙏

— कान्छो ज्योतिष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top