दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिको आयोजनामा “तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी” आयोजना गरिएको छ। यस गोष्ठीको मुख्य उद्देश्य तन्त्र र ज्योतिषलाई शास्त्रीय, व्यवहारिक तथा वैज्ञानिक दृष्टिकोणबाट अध्ययन–अध्यापन गर्दै साधक, विद्यार्थी र ज्योतिषप्रेमीहरूलाई प्रमाणिक ज्ञान प्रदान गर्नु रहेको छ।
गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयसँग आबद्ध अनुभवी तथा प्रतिष्ठित विद्वान् प्रशिक्षकहरूले तन्त्र र ज्योतिषका विविध आयामबारे प्रशिक्षण प्रदान गर्नुभएको छ।
प्रा. डा. अर्जुन भट्टराई

विषय: प्रेम, विवाह र डिभोर्स समस्या तथा ज्योतिषीय समाधान
विश्वविद्यालय विद्यापीठ, बेलझुन्डी, दाङ
नेपाल संस्कृत विश्वविद्यालय
प्रा. डा. अर्जुन भट्टराईज्यूले प्रेम, विवाह तथा वैवाहिक समस्याहरूको ज्योतिषीय विश्लेषण विषयमा प्रशिक्षण दिनुभएको छ। उहाँले विवाह कुन भावबाट हेर्ने, विवाह ढिलो वा नहुने कारण, उचित उमेर र समय निर्धारण, दिशा चयन तथा डिभोर्सका ज्योतिषीय कारण र समाधानबारे विस्तृत जानकारी दिनुभएको छ।
सह–प्रा. डा. माधवप्रसाद लामिछाने

विषय: नेपाली परिवेशमा तन्त्रको प्रयोग र उपयोगिता
वाल्मीकि विद्यापीठ, तन्त्र विभाग
नेपाल संस्कृत विश्वविद्यालय
सह–प्रा. डा. माधवप्रसाद लामिछानेज्यूले तन्त्रको परिचय, प्रयोग, आवश्यकता तथा मर्यादा विषयमा प्रशिक्षण दिनुभएको छ। उहाँले नेपाली समाजमा तन्त्रप्रति रहेका भ्रम, त्यसका कारण र समाधान, तन्त्रका प्रकार, देवता, पूजा विधि तथा योग्य प्रयोगका विषयहरूलाई शास्त्रीय आधारसहित व्याख्या गर्नुभएको छ।
PDF File आझै राखिएको छैन
उप–प्रा. नारायणप्रसाद भण्डारी

विषय: राशिफल लेखन तथा गोचरफलादेश
जनता विद्यापीठ, विजौरी, दाङ
नेपाल संस्कृत विश्वविद्यालय
उप–प्रा. नारायणप्रसाद भण्डारीज्यूले दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल लेखनको शास्त्रीय विधि सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको छ। उहाँले कुन ग्रहलाई आधार मानेर राशिफल लेख्ने, ग्रहको स्थिति र भावअनुसार फलादेश कसरी गर्ने, गोचरमा ग्रहको स्थान परिवर्तनले पार्ने प्रभावलाई कसरी विश्लेषण गर्ने भन्ने विषय शास्त्रीय श्लोक र प्रमाणसहित स्पष्ट पार्नुभएको छ।
PDF File आझै राखिएको छैन
निष्कर्ष
तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठीले तन्त्र र ज्योतिष अध्ययनलाई शास्त्रीय, मर्यादित र व्यवहारिक रूपमा बुझ्न महत्वपूर्ण योगदान पुर्याएको छ। गोष्ठीमार्फत प्राप्त ज्ञानले सहभागीहरूलाई साधना, परामर्श र अध्ययनमा थप मार्गदर्शन प्रदान गर्ने विश्वास गरिएको छ।