“न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।”
वैदिक ज्योतिषजस्तो पवित्र विद्याको साधनामा समर्पित यात्रालाई भारतको धार्मिक मञ्चमा सम्मान प्राप्त हुनु मेरो लागि अत्यन्तै सौभाग्यको विषय हो। उक्त अवसरमा नेपालको सांस्कृतिक पहिचान र आत्मसम्मानको प्रतीक ढाका टोपी पहिर्याइदिनु केवल व्यक्तिगत सम्मान मात्र नभई नेपाल, नेपाली संस्कार तथा सनातन वैदिक परम्प्राप्रतिको गहिरो श्रद्धाको अभिव्यक्ति हो।







ढाका टोपीले बोकेको नेपाली मौलिकता, वैदिक ज्योतिषले बोकेको दिव्य ज्ञान, र धर्मले जोडेको नेपाल–भारतको सनातन सम्बन्ध—यी तीनै तत्वको संगमले यो क्षणलाई अझ अर्थपूर्ण, ऐतिहासिक र स्मरणीय बनाएको छ।
ज्योतिष ज्ञान केवल भविष्य बताउने साधन मात्र नभई लोककल्याण, धर्मरक्षा र चेतनाको प्रकाश फैलाउने शास्त्र हो भन्ने भाव यस सम्मानले अझ दृढ बनाएको अनुभूति भएको छ।
नेपालको पहिचान विश्वमञ्चमा उजागर गर्ने यो अवसरप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै, सनातन धर्म, वैदिक ज्योतिष र सांस्कृतिक मर्यादाको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर समर्पित रहने संकल्प व्यक्त गर्दछु। 🙏