4000+ Client are Satisfied, Now Your Turn

कसरी मन्त्र जप्दा लाभ मिल्छ ?

 वैदिक सनातन धर्ममा मन्त्र जपको ठूलो महत्व छ । ज्योतिष शास्त्रमा पनि मन्त्र जपलाई महत्वपूर्ण मानिएको छ ।

अनिष्ट ग्रहको शान्तिका लागि विधिविधानपूर्वक उचित तरिकाले गरिने मन्त्रजपले त्यस्ता ग्रहको अशुभ फलको प्रभावलाई कम गर्छ । शास्त्रहरूमा ग्रहशान्तिका लागि विधिपूर्वक मन्त्र जप गर्ने तरिका बताइएको छ जसलाई जापकले पालन गर्नु आवश्यक छ । 

शास्त्रमा उचित स्थान, उचित समय, उचित संख्या तथा उचित तरिकाले मन्त्रको जप गरे पूर्ण रूपले फाइदा प्राप्त हुने कुरा बताइएको छ ।


कसरी जप्ने मन्त्र ?
-मन्त्र सदैव उपांशु (ओठ मात्र चलोस् अरूले सुन्न नसकून्) वा मानसिक रूपमा गर्नु आवश्यक छ ।
-मन्त्र जपका लागि कुश वा ऊनको आसन राम्रो मानिएको छ ।
-मन्त्र जप्दा मालालाई गोमुखी वा अन्य कुनै शुद्ध कपडाले छोपेर मात्र माला घुमाउनुपर्छ ।
-जपमालालाई साहिँली औंलामा राखेर माझी औंलाले घुमाउनुपर्छ, चोरी औंलाले छुनु हुँदैन ।
-मन्त्र जप गर्दा मालाको सुमेरुलाई ननाघि फर्काएर गर्नुपर्छ ।
-मन्त्र जप गर्ने समयमा उठ्नु, बोल्नु तथा यताउति मन डुलाउनु हुँदैन ।
-जप पूरा भइसकेपछि जप गर्न बसिएको जमिनलाई टाउकाले ढोग्नुपर्छ ।
-कुनै कारणवश जपको बीचमा उठ्न वा बोल्न पर्‍यो भने पुनः मालाको सुरुबाटै जप्न थाल्नुपर्छ ।


कहाँ बसेर गर्ने जप ?
शास्त्रहरूमा मन्त्र जप गर्ने ठाउँको श्रेष्ठता समेत बताइएको छ । घरमा बसेर गरिने मन्त्र जप सबैभन्दा कम फलदायक हुन्छ । गौशाला, तीर्थस्थल, पहाड वा नदी किनारमा बसेर गरिने जप क्रमशः उत्तरोत्तर श्रेष्ठ फलदायी हुन्छ । मन्दिरमा बसेर गरिने जप सर्वोत्तम फल दिनेवाला हुन्छ अर्थात् यसरी गरिने जपको फल अनन्त हुने
कुरा शास्त्रमा बताइएको छ । 

 The Astro Info 

All Jyotish and Vastu service 

Rupandehi,Nepal 

contract:-9857043875,9866133875

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these