4000+ Client are Satisfied, Now Your Turn

के हो किचकन्या?

किचकन्या रातको समयमा मात्र देखिन्छन् । किचकन्या नारी स्वरुपको हुन्छिन् । असाध्यै सुन्दर र सफा हुन्छिन् । सबै सुन्दर भएपनि किचकन्यालाई चिन्न उपाय भनेको खुट्टाको पाउ मात्रै हो । किचकन्याको पाउ सामान्य मानिसकको भन्दा भिन्न अर्थात् औंलाको भाग पछाडि र कुर्कुच्चा अगाडि फर्केको हुन्छ

किचकन्या चिहानबाट निस्किन्छन् । मध्यरातमा चिहानबाट निस्कने र उज्यालो हुनेवित्तिकै फर्कने गर्छिन् । रातको समयमा पुरुषलाई भेटेमा यीनले आफ्नो पासोमा पार्छिन् । किचकन्याले मानिसलाई मार्ने या नोक्शानी पारिहाल्ने गर्दिनन् । तर, यीनले आफूसँग सम्बन्ध बनाएर पल्काउँछिन् । सम्बन्ध बनाउन पल्केको पुरुष विस्तारै सुक्दै जान्छ र मृत्युको अवस्थामा पुग्छ ।

राजा महाराजाहरु पनि किचकन्यासँग फसेको किम्वदन्ती छ  किचकन्यासँग मल्ल राजा प्रताप मल्ल समेत फसेको किम्वदन्ती छ । पछि उनलाई तान्त्रिकले छुटाइदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these